काठमाडौं । घरबाट मर्छु भनेर हिँडेका एक युवकलाई प्रहरीले जीवित अवस्थामा नियन्त्रणमा लिएको छ । शुक्रबार विहान नागार्जुन नगरपालिका-६ का ३५ वर्षीय सन्तोष तिमल्सिनाले घरमै सुसाइड नोट लेखेका थिए । सुसाइड नोट लेखेपछि म मर्न हिँडेको भन्दै घरबाट निस्किएका थिए ।
परिवारका सदस्यले तत्काल प्रहरीलाई खबर गरे । अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई दिउँसो साढे ३ बजे नागढुङ्गामा फेला पारेको उक्त कार्यालयले जनाएको छ । ‘केही औषधी सेवन गरेजस्तो छ, लठ्ठ परेको अवस्थामा फेला परेका छन्,’ खोजीमा संलग्न एक प्रहरीले बताए ।
उनलाई उपचारका लागि अस्पताल लगिएको छ । उनले लेखेको सुसाइड नोट प्रहरीले बरामद गरेको छ । त्यसमा बुबा, आमा, पत्नीसँग माफी मागेका छन् ।‘अफिसका तीन जना’ लाई आत्महत्याको कारक भन्दै लेखिएको नोटमा अफिस र ‘तीनजनाको नाम उल्लेख गरेका छैनन् ।
प्रकाशित मिति : २०८१ पुस १२ गते शुक्रबार