२०८३ वैशाख १७ , बिहीबार

घुम्न जाने भन्दै बोलाएर बलात्कार गरेको आरोपमा दैलेखका दुई जना पक्राउ



सुर्खेत । एक १७ वर्षीया किशोरीलाई घुम्न जाने भन्दै बोलाएर बलात्कार गरेको आरोपमा दुई जना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-३० रूद्रमार्ग बस्ने दुई जना १८ वर्षीय किशोरहरू छन् ।

उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले ती किशोरीलाई घुम्न जाने भनी ललाई फकाई आफ्नो कोठामा लगेर मंगलबार राति जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । पीडितको उजुरीको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुस १४ गते आइतबार