२०८३ वैशाख ९ , बुधबार

गौशालाको होटलमा युवती मृत, सँगै कोठामा बसेका युवक फरार



काठमाडौं । काठमाडौं महानगरपालिका–९ गौशालास्थित बागमती होटलको कोठामा एकजना युवती मृत भेटिएकी छन् । मृत भेटिएकी युवतीको हत्या भएको आशंकासहित प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधबार उक्त होटलको ३०८ नम्बर कोठामा मृत भेटिएकी प्रहरीले जनाएको छ ।

उनी गत १६ पुसमा उक्त होटलको कोठा बुक गरेर बस्न पुगेकी थिइन । नयाँ वर्षको अघिल्लो दिन उनीसँगै उक्त होटलमा बस्न पुगेका युकव भने फरार छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीका अनुसार युवतीसँगै होटलमा पुगेका युवक भने केहीबेरमा आइजान्छु भनेर हिँडेका थिए । त्यसपछि उनी फर्किएर होटलमा आएनन् ।

तर होटल सञ्चालकलाई शंका लागेपछि बुधबार नै प्रहरीलाई खबर गरिएको थियो । जनप्रतिनिधि र प्रहरी पुगेर बुधबार नै होटलको कोठा खोलेर हेर्दा युवती बेडमै मृत भेटिएकी हुन् । उनीसँगै होटल छिरेका युवकको पहिचान भइसकेको जानकारी प्रहरीले दिएको छ ।

उनी भागेर पुगेको ठाउँ पनि पत्ता लागिसकेको प्रहरीले जानकारी दिएको छ ।उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । मृतकका परिवारले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका छन् ।

प्रकाशित मिति : २०८१ पुस १८ गते बिहीबार