२०८३ जेठ २४ , आइतबार

मुद्दा जिताइदिन दश लाख घुस लिएको भन्दै प्रधानन्यायाधीश समक्ष उजुरी



ठमाडौँ । मुद्दा मिलाइ दिने भन्दै आफूसँग दशलाख घुस लिएको भन्दै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष उजुरी परेको छ। सुशिला निरौलाले पुस ७ गते ११ वर्षअघि सर्वोच्चमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै कर्मचारी पुष्कर थापाले दश लाख लिएको आरोेप लगाएकी हुन्।

तत्कालीन नासु थापाले २०७० साल असार ३० गते परेको पेशीमा मुद्दा जिताइदिने बताएको निरौलाले बताइन्। हाल उनी अधिकृत तहमा बढुवा भइसकेको सर्वोच्च प्रशासन स्रोतले बतायो। उजुरीमा उनले आफ्ना पति नारदप्रसाद गौतमसमेत भएको मुद्दा जिताइदिने भनेर दश लाख लिएको तर भनेअनुसार काम नभएको उल्लेख गरेकी छिन्।

निरौलाले आफूले प्रधानन्यायाधीश समक्ष उजुरी दिएको बताइन्। आइएमइमार्फत आफूले चारपटक थापालाई पैसा दिएको दाबी गरेकी छिन्। उनले आइएमइ नम्बरसमेत आफ्नो उजुरीमा समावेश गरेकी छिन्। उजुुरी परेपछि थापाले केही दिनभित्रै पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाउँदै हल्ला नगर्न आग्रह गरेको निरौलाको परिवारले बतायो।

यस्तो छ निरौलाले दिएको उजुरी

प्रकाशित मिति : २०८१ पुस १९ गते शुक्रबार