काठमाडौँ । एमाले सांसद तथा प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले पाटि छाडेका नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालप्रति कटाक्ष गर्दै सामाजिक संजाल फेसबुक मार्फत एक स्टयाटस् लेखेका छन् ।
आज बिहान सामाजिक सन्जालमा बास्कोटाले लेखेका छन्, ‘आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए ।’ पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले छाडेको स्टाटस फेसबुकमा लेखेपछि पूर्वमन्त्री बास्कोटाले पनि फेसबुकमार्फत् नै सो टिप्पणी गरेका हुन् ।
उनले मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, सङ्कट, त्याग र सङ्घर्षको समयमा हुने स्मरण गराएका छन् । उनी लेख्छन्, ‘खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो ।’
प्रकाशित मिति : २०८१ पुस २१ गते आइतबार