२०८३ वैशाख ८ , मंगलबार

बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरण



काठमाडौं । बुद्ध एयरको विमानमा सोमबार बिहान प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आपतकालिन अवतरण गरेको छ । विमानस्थल कार्यालयका अनुसार बिहान ११ बजेर १५ मिनेटमा बुद्ध एयरको एआरटी–७२ जहाल (९एन–एजीएस) काठमाडौंमा आपतकालीन अवरण गरेको हो।

बुद्ध एयरको जहाज काठमाडौंबाट झापाको भद्रपुरस्थित चन्द्रगढी जाँदै गरेको थियो। आकाशमै जहाजको इन्जिन फेल भएपछि पुनः काठमाडौं फर्काइएको हो। विमानमा सवार सबैजना सकुशल रहेको र सम्पूर्ण आपतकालीन सेवा अहिले परिचालन गरिएको कार्यालयको भनाइ छ।

प्रकाशित मिति : २०८१ पुस २२ गते सोमबार