२०८३ वैशाख ९ , बुधबार

दैलेखका एकै ठाउँका दुई विद्यालयबाट ल्याप्टपसहित विभिन्न सामान चोरी



सुर्खेत । दैलेखको एकै गाउँपालिकाका दुई विद्यालयमा सामान चोरी भएको छ । भगवतीमाई गाउँपालिका–२ रूमस्थित जनता मावि र सोही ठाउँस्थित जगनाथ प्रावि ढाड्गाउँबाट ल्याप्टपसहित विभिन्न सामान चोरी भएको हो ।

एक थान ल्याप्टप, वाइफाइ राउटर १ थान, डिजिटल क्यामेरा १ थान, साउण्ड सिस्टम १ थान र विद्यालय शिक्षक हाजिरी व्याकप १ थान चोरी भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जानकारी दिए । उनकाअनुसार सामान आइतबार राति चोरी भएको हो ।

प्रकाशित मिति : २०८१ पुस २२ गते सोमबार