
काठमाडौँ । जिल्ला अदालत मोरङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई धरौटीमा छाड्ने आदेश दिएको छ । बिहीबार न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।
गत पुस २५ गने पक्राउ परेका पोखरेलले एमबिबिएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ।
प्रकाशित मिति : २०८१ माघ १० गते बिहीबार