२०८३ वैशाख ९ , बुधबार

निजामती कर्मचारी संगठन भेरीगंगाको अध्यक्षमा भोजप्रसाद चपाई



सुर्खेत । नेपाल निजामती कर्मचारी सङ्गठन भेरीगंगा नगर कार्य समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट भोजप्रसाद चपाईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा हेमा गुरुङ, कोषाध्यक्षमा प्रताप अधिकारी, र सचिवमा पदम बाह्रघरे चयन भएको नवनिर्वाचित अध्यक्ष चपाईले जानकारी दिए ।

उनकाअनुसार अन्य सदस्यहरूमा सावित्री शर्मा, प्रकाश पौडेल, धनसरा विक, राना उपाध्याय, डिलकुमारी राना, देवीसरा आचार्य, चित्रबहादुर केसी, डिकेन्द्र पौडेल, र जयबहादुर विष्ट रहेका छन् । अधिवेशनको प्रमुख अतिथिका रूपमा पूर्व मन्त्री खड्क खत्री र विशेष अतिथिका रूपमा भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहरा उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रबार