२०८३ वैशाख ९ , बुधबार

वीरेन्द्रनगरमा पानीमा डुबेर एकजना बालकको मृत्यु



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर-९ स्थित लाटिकोइलीमा एकजना बालकको पानीमा डुबेर मृत्यु भएको छ । शनिबार दिउँसो साढे २ बजेको समयमा १० वर्षीया बालकको पानीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बालक पानीमा डुबेको अवस्थामा फेला परेका थिए । स्थानीयले बालकलाई पानीबाट बाहिर निकालेर अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । उनले बालकको हालसम्म पनि पहिचान हुन नसकेको बताए ।

‘हामीले घरघरमा गएर सोधपुछ गरेका छौं, तर कसैले पनि बालक मेरो हो भनेका छैनन् ।’ उनले भने, ‘अहिले शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ ।’ घटनाको प्रकृति हेर्दा बालक पौडी खेल्न आएको जस्तो देखिएको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिबार