सुर्खेत । प्रेस चौतारी नेपाल रुकुम पश्चिमको अध्यक्षमा परिचन्द्र खत्री सर्वसम्मत चयन भएका छन् । प्रेस चौतारी नेपाल रुकुम पश्चिमको साेमवार भएकाे सातौँ जिल्ला अधिवेशनले खत्रीकाे अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा ललित परियार, महिला उपाध्यक्षमा सोमिया मल्ल, सचिवमा हरिबहादुर केसी, सहसचिवमा रिता ओली र टेकराज पौडेल तथा कोषाध्यक्षमा यतकुमार बोहरा चयन भएको नवनिर्वाचित अध्यक्ष खत्रीले जानकारी दिए । उनकाअनुसार सदस्यहरूमा टेकराज पुन, दीपक पाण्डे, विनोद खड्का, यमुना ओली, लक्ष्मण विक र मनीषा रिजाल रहेका छन् ।
प्रेस चौतारी नेपाल रुकुम पश्चिमका कार्यवाहक अध्यक्ष ध्रुवराज केसीको अध्यक्षतामा भएको अधिवेशनमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मनीषा केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै अधिवेशनमा नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटाको विशेष र जिल्ला प्रचार विभाग प्रमुख जीवन खड्का लगायतको आतिथ्यता रहेको थियो ।