२०८३ वैशाख ९ , बुधबार

सम्बोधन शुरू गर्नुअघि मुस्कुराउँदै ओलीले प्रचण्डलाई के कागज दिए ?



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन शुरू गर्नुअघि प्रचण्डलाई केही कागज दिएका छन् । आसनबाट उठेर सम्बोधनका लागि रोस्ट्रमतर्फ जाँदै गर्दा ओलीले प्रचण्डलाई केही कागज दिएका हुन् ।

उनले मुस्कुराउँदै दिएको कागजलाई प्रचण्डले पनि खुशीसाथ लिएको देखिएको थियो । प्रधानमन्त्रीले के कागज दिएका हुन् भन्ने खुलेको छैन । प्रधानमन्त्रीले लिखित सम्बोधन गरेकाले त्यसैको एक प्रति दिएको हुन सक्ने देखिन्छ ।

प्रचण्ड संसदमा प्रमुख प्रतिपक्षी दलका नेता हुन् । संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि शुरू भएको हो । अधिवेशनको पहिलो बैठकमा दलीय प्रतिनिधित्वका आधारमा सम्बोधन गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रबार