
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले सरकारको आयुलाई लिएर व्यर्थमा समय खेर फालेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आजै ढल्छ भोलि ढल्छ भनेर व्यर्थैमा समय खेल फालेको बताएका हुन्।
ढले ढले भन्ने गीत बजारमा अलि प्रचारमा छ। त्यस्तै प्राय राजनीतिक नेताहरूले गाएको सुन्छु। ढल्यो ढल्यो ढल्यो‘ आज ढल्यो, भोलि ढल्यो, बिहान ढल्यो, बेलुका ढल्यो, राति ढल्यो, ढल्यो, ढल्यो,’ प्रधानमन्त्री ओलीले भने,’ यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवहरुमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन।’
यद्यपि उक्त गीत श्लील नभएको टिप्पणी आएकाले त्यस्तो गीतलाई नक्कल नगर्न समेत नेताहरूलाई आग्रह गरे । ‘ुयस्ता गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ । राजनीतिका मञ्चमा बन्द गरे हुन्छ। किनभने ०८४ सम्म सरकार टसमस हुँदैन,’ प्रधानमन्त्री ओलीले भने।