
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्यूत कलौनी मृत फेला परेका छन् । शनिबार बिहान सडकपेटीमा कलौनीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर घोप्टो अवस्थामा बिहान ८ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी०उमेश जोशीले जानकारी दिए ।
घटनास्थल ‘सिल’ गरेर उनको मृत्युको कारणबारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ। अनुसन्धानका तालिमप्राप्त कुकुर मगाएको जोशीले बताए ।
प्रकाशित मिति : २०८१ माघ १९ गते शनिबार