२०८३ वैशाख ८ , मंगलबार

माछा मार्न गएका युवा तिला नदीमा बेपत्ता



कालीकोट । माछा मार्न गएका एक युवा तिला नदीमा बेपत्ता भएका छन् । कोलीकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँक २४ वर्षीय भोजनबहादुर शाही तिला नदीमा बेपत्ता भएका हुन् ।

शनिवार बिहान माछा मार्न भनेर गाउँ नजिकैको खिमखानी भन्ने ठाउँमा गएका शाही बेपत्ता भएको खबर पाएपछि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावलले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ फागुन ३ गते शनिबार