काठमाडौं । देशभरबाट १०० टाटा गुरुहरुलाई पछि पार्दै सुर्खेतका अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बन्न सफल भएका छन् । गत फागुन १ गते काठमाडौंस्थित होटेल क्राउन इम्पेरियलमा आयोजित ‘सीपलाई पहिचानसँगै प्रतिभालाई सम्मान’ भन्ने मूल नाराका साथ सम्पन्न सो कार्यक्रममा टाटा गुरु (मेकानिक्स प्राविधिक) बीच प्राविधिक सीप तथा दक्षता एवं ज्ञानमा आधारित प्रतिस्पर्धात्मक कार्यक्रम समेत भएको थियो ।
सो अवसरमा सहभागी प्रतिस्पर्धी गुरुहरुलाई पछि पार्दै सुर्खेतका टाटा गुरु अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बन्न सफल भए । उक्त प्रतिस्पर्धाको लागि देशभरबाट १०० टाटा गुरुहरु सहभागी भएका थिए । टाटा जेन्युइन पाट्र्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पाट्र्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपाट्र्स प्रालि र टाटा मोटर्सको संयुक्त आयोजनामा ‘गुरुक्षेत्र–२, २०२५’ कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।
सिप्रदीका अनुसार, नम्बर एक टाटा गुरु विजेता घोषित अभिषेकसँगै द्वितीय स्थान प्राप्त गर्न सफल टाटा गुरु लाल बहादुर नेगी तथा तृतीय स्थान हासिल गर्न सफल गुरु ब्रह्मानन्द चौधरी र सन्जय दनुवारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भई नेपाललाई विश्व सामू चिनाउने सुअवसर प्राप्त गरेका छन् । यसैगरी, प्रथम आठ स्थानमा पर्न सफल भएका टाटा गुरु अनिल श्रेष्ठ, श्रवण कुमार मानन्धर, धर्म श्रेष्ठ र भूमिराज खात्री समेतले टाटा मोटर्सको प्लान्टमा गई तालिम प्राप्त गरी सीप बढोत्तरीको अवसर पाएका छन् ।
समारोहमा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै सिप्रदी अटोपार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले देशभरका स्थानीय प्राविधिकहरुलाई टाटा मोटर्स र सिप्रदी अटोपार्ट्सले सम्मानित गरेको उल्लेख गर्दै गुरुहरुलाई समाजका आर्थिक, प्राविधिक र सामाजिक रुपमा अगाडि बढाउन टाटा मोटर्स तथा सिप्रदी अटोपाट्र्सले करिब सात करोड रुपैयाँ खर्च गरिसकेको जानकारी गराए । उनले वर्कशप व्यवस्थित गर्न टुल्सहरुको साथै मोटरसाइकल, टेलिभिजन, वासिङ मेसिन, मोवाइल फोन लगायतका घरायसी सामाग्रीहरु प्रदान गरिएको जानकारी समेत त्यस अवसरमा दिए ।
उनले टाटा गुरुहरुलाई टाटा गाडीका डाक्टरको उपमा दिँदै डाक्टरले जहिले पनि सक्कली औषधी मात्र उपभोग गर्ने सिफारिस गरे जस्तै टाटा गुरुहरुले पनि नक्कली पार्टपूर्जा र आयलको प्रयोग गर्न नहुनेमा विशेष जोड दिए । मिस नेपाल अर्थ–२०२२ विजेता डा। सृसा श्रेष्ठद्वारा सञ्चालित उक्त कार्यक्रममा सिप्रदी ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरभ राज थपलिया, महाप्रबन्धक श्रीमती शारदा राना तथा टाटा मोटर्सको तर्फवाट सीभीआईबी कस्टमर केयर तर्फका हेड राकेश मित्तल, क्षेत्रीय प्रबन्धक राजिव शर्मा, क्षेत्रीय पाट्र्स प्रबन्धक मयन्क मिश्रा तथा नेपालका लागि कन्ट्री प्रबन्धक मृनाल सेनलगायतको उपस्थिति रहेको थियो ।
देशभरबाट १०० जना टप टाटा गुरु सहभागी रहेको सो कार्यक्रममा सिप्रदी ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले सम्पूर्ण विजेतालाई बधाई एवं शुभकाना ज्ञापन गर्दै निजी क्षेत्रका प्राविधिकहरुका सीप र दक्षता अभिवृद्धिको लागि सिप्रदी र टाटा मोटर्स सदैव लागिरहेको र भविष्यमा पनि लागि रहने प्रतिबद्धता जनाउनुका साथ्रै टाटालाई नेपालको अटोमोवाइल क्षेत्रमा नम्बर एक बनाउन सहयोग पु¥याएकोमा सम्पूर्ण टाटा गुरुहरुलाई धन्यवाद समेत व्यक्त गरे ।
उक्त समारोहलाई सम्बोधन गर्दै टाटा मोटर्सका सीभीआईबी कस्टमर केयर हेड राकेश मित्तलले सम्पूर्ण टाटा गुरुहरुलाई समयसँगै सीप र प्रविधिमा अपग्रेड हुन जरुरी रहेको आवश्यकता औंल्याए । साथै सीपमा अपग्रेड हुन नसकेको खण्डमा पछि पर्नुपर्नेमा सचेत रहन आग्रह गर्दै टाटा मोटर्स र सिप्रदी सबैलाई साथमा लिएर अगाडि बढ्न तयार रहेको स्पष्ट पारे । सो अवसरमा उपस्थित टाटा गुरुहरुलाई एक थान रोयल इन्फिल्ड, दुई थान पल्सर १५० र एक थान एफजेड मोटरसाइकलका साथै टीभी, फ्रिज, मोबाइल, वासिङ मेसिन लगायतका सामाग्री वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सिप्रदीका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले सम्पूर्ण ग्राहकहरुको सन्तुष्टिमा टाटा गुरु सिप्रदी र टाटा मोटर्स लाग्नु पर्ने भनाइ राखेका थिए ।