२०८३ वैशाख ८ , मंगलबार

कर्मचारीको निधनमा वीरेन्द्रनगरमा भोलि शोक बिदा 



सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले भोलि (बिहीबार) शोक विदा घोषणा गरेको छ। नगरपालिकामा कार्यरत सब-इन्जिनियर दिनेशकुमार पुरीको निधनको शोकमा उक्त निर्णय गरिएको हो।

वीरेन्द्रनगर-११ स्थित आफ्नै निवासमा बुधबार पुरीको निधन भएको थियो। उनी वीरेन्द्रनगर नगरपालिका-२ काे वडा कार्यालयमा कार्यरत थिए।

पुरीको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामनासहित बिहीबार नगरपालिका लगायत अन्तर्गतका सम्पूर्ण निकायहरुबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह बन्द गरी शोक बिदा दिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ फागुन ७ गते बुधबार