२०८३ वैशाख ८ , मंगलबार

८४ पछि पनि एमाले वा कांग्रेसको सरकार बन्छ : सचिव भट्टराई 



सुर्खेत । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले ०८४ पछि पनि एमाले वा कांग्रेसको सरकार बन्ने दाबी गरेका छन्। बिहीवार प्रेस चौतारी नेपाल जिल्ला समिती सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले ८४ पछि बहुमत ल्याएर एमाले वा कांग्रेसको सरकार हुने बताएका हुन्।

‘आगामी चुनावमा दलहरु एक्ला एक्लै चुनाव लड्नुपर्छ’ उनले भने, ‘ एक्लै चुनाव लडेमा कांग्रेस कि एमालेको बहुमत आँउछ, त्यसैले ८४ पछि एमाले वा कांग्रेसको सरकार बन्छ ।’ उनले वर्तमान सरकार २०८४ मंसिर ४ गतेसम्म टिक्ने बताउँदै बाहिर मिडियामा सरकार फेरबदल हुने टिप्पणी आएपनि उक्त टिप्पणीमा कुनै सत्यता नभएको बताए ।

सचिव भट्टराईले अहिलेको सरकारले ल्याएको अध्यादेश जुनसुकै अवस्थामा पनि पास हुने बताए । अध्यादेश पास नभएमा हामीसँग अर्कै उपाय भएको उनको भनाइ छ । उनले सामाजिक सञ्जाल विधयक सरकारले नियमनको लागि ल्याएको बताए ।

कांग्रेस र एमाले एकै ठाउँमा भएपछि कन्फिडेन्स आएको बताए । सुर्खेत विमानस्थल विस्तारमा सरकारको जोड रहेको बताउँदै उनले विमानस्थल विस्तारका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिए । राजतन्त्र अन्त्य हुने बाध्यता स्वयम् ज्ञानेन्द्रले नै निम्ताएको उनले आरोप लगाए । प्रचण्ड जति उफ्रे पनि जाने ठाउँ कहीँ नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ फागुन ८ गते बिहीबार