
सुर्खेत । नेपाल महिला किसान संघ कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गरिएको छ । बुधवार वीरेन्द्रनगरमा सन्ध्या परियार (सुर्खेत) को नेतृत्वमा २१ सदस्यीय कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षद्वय जुवारा बम (कालिकोट) र कमला शाही (जाजरकोट), सचिवमा यम कुमारी पराजुली (दैलेख)देखि निर्वाचित भएको छन् ।
यस्तै उपसचीवमा नैनसरा शर्मा (सुर्खेत), उपसचिवमा तारा शाही (दैलेख) र कोषाध्यक्षमा रमा गिरि (जाजरकोट)देखि चयन भएको नवनिर्वाचित अध्यक्ष परियारले बताइन्। यस्तै सदस्यहरुमा दुर्गा खड्का, तारा भण्डारी, सरस्वती आचार्य, रत्ना सलामी, रिता शर्मा, तुल्सी शाही, गंगा पोखरेल, पबित्रा शाही, ललिता शाही निर्वाचित भएकी छन् ।
प्रकाशित मिति : २०८१ फागुन ८ गते बिहीबार