२०८३ वैशाख ८ , मंगलबार

सरकारले अध्यादेश ल्याएर गलत ग¥यो : शेखर कोइराला



सुर्खेत । नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले देशमा अझै सुशासन कायम हुन नसकेको बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पूर्वआप्रवासी समन्वय विभागद्वारा आज आयोजित ‘विदेशदेखि स्वदेशसम्म’ विषयक प्रदेश भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले सुशासनकै लागि वर्तमान सरकार गठन भए पनि अपेक्षित उपलब्धि नभएको बताए ।

उनले सरकारले अध्यादेश ल्याएर गलत गरेको टिप्पणी गरे । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका कोइरालाले भने, ‘संसद् छँदै जथाभाबी अध्यादेश ल्याउनु राम्रो होइन ।’ उनले पार्टीभित्र वा पार्टी बाहिरकाले सरकारको खबरदारी गरिरहेको बताए । कोइरालाले वि।सं २०८४ अघि नै कांग्रेस पार्टीको महाअधिवेशन गर्नुपर्ने सुझाव दिए । सत्ता गठबन्धनबीच भएको सात बुँदे सहमति कार्यान्वयन नभएको र सरकार सुशासनका साथै अर्थतन्त्र सुधारमा कमजोर देखिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८१ फागुन ९ गते शुक्रबार