
सुर्खेत । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस भएका छन् । आइतबार बिहान बसेको बढुवा सिफारिस समितिको बैठकले डीआईजी भट्टराईलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छ । उनी हालका आईजीपी बसन्त बहादुर कुँवरका ब्याची हुन् । एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि प्रहरीमा एआईजीको एक पद रिक्त भएको थियो । केसीले आफू बढुवा हुँदा नै एक महिनामा राजीनामा गरेर भट्टराईको बढुवाका लागि बाटो खुला गर्ने सहमति गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले बताएको छ ।
सोही अनुसार केसीले राजीनामा दिएका थिए ।एआईजी केसीको राजीनामा गत मंगलबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । केसी पनि आईजी कुँवरकै ब्याचका हुन् ।
प्रकाशित मिति : २०८१ फागुन ११ गते आइतबार