२०८३ वैशाख ८ , मंगलबार

नलगाडमा सुख्खा पहिरो खस्दा चार जना घाइते



सुर्खेत ।  जाजरकोट नलगाडमा सुख्खा पहिरो जाँदा चार जना महिला घाइते भएकी छन् । नलगाड नगरपालिका–१० घ्यारगाउँस्थित खानेपानीको लागि गिट्टी कुट्ने क्रममा एक्कासी सडक माथिबाट खसेको सुख्खा पहिराले पुर्दा गिट्टी कुट्दै गरेका चार जना महिला घाइते भएकी हुन् ।

घाइते हुनेहरुमा नलगाड नगरपालिका–१० ध्यारगाउँ बस्ने वर्ष ५० कि कलधरी नेपाली, सोही ठाउँ बस्ने वर्ष ४५ की डम्मरी कुमारी बोहरा, वर्ष ४५ कै लाल सरी नेपाली र वर्ष ३० की कमला वि.क. रहेकी छिन् ।

आइतबार बिहान घरनजिकै गिट्टी कुट्ने क्रममा सडक माथिबाट खसेको सुख्खा पहिरोमा परेर उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि नगर अस्पताल दल्लीमा पठाइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फागुन ११ गते आइतबार