२०८३ वैशाख ८ , मंगलबार

सल्यानमा मिनिट्रक दुर्घटना : चालकको मृत्यु



सुर्खेत । सल्यानमा मिनि ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा गंगादेव गाउँपालिका–३ झारमङ्ग्रा बस्ने वर्ष ३४ का हरि चन्द (रमेश ) रहेका छन् ।

गएराति छत्रेश्वरी गाउँपालिका–१ फारुलेबोटस्थित दमाचौर–गुँरासे–झ्याम सडकखण्डमा रोल्पा झ्यामबाट दमाचौर जाँदै गरेको रा.१ क. ५३० नम्बरकाे ट्रक सडकबाट ५० मिटर तल खस्दा ट्रक चालक चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार