२०८३ वैशाख ८ , मंगलबार

रास्वपा गुर्भाकोटको सभापतिमा दिनेश सुनार चयन



सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गुर्भाकोट नगरपालिकाको नयाँ नेतृत्व चयन गरेको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर–८ को सिटीहलमा सोमबार भएको भेलाले दिनेश सुनारको सभापतित्वमा १५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षमा विनिता थापा मगर, सचिवमा पूर्णबहादुर बिक, सह–सचिवमा मनोज बोटे, कोषाध्यक्षमा कमला गाइन, सह–कोषाध्यक्षमा मनिष विक चयन भएको नवनिर्वाचित अध्यक्ष सुनार जानकारी दिए । उनका अनुसार सदस्यहरुमा ललित वि.क, प्रेम वि.क, लिलबहादुर गाइन, मिना सुनार, तुल्सीराम कामी, कृष्ण बहादुर सुनार, लिला कुमाल, भिम बहादुर विक, र डण्डविर नेपाली चयन भएका छन् ।

कार्यक्रममा प्रदेश प्रवक्ता हरि प्रसाद अधिकारी सभापति मदन खड्का, जिल्ला सभापति रमेश कुमार सापकोटा, भेरीगंगा सभापति प्रदिप वली, लक्ष्मी प्रसाद शर्मा, अमृत प्रसाद जैसी, निर्देश वली, तिलक बहादुर चुनारा, मंगल पुन, यस्तै स्वतन्त्र राजनीतिक अभियान्ता सुर्यदिप रेग्मी, कमलडि़प पुन, प्रेम सापकोटा, जगत बस्नेत,जीवन कुमार शर्मालगायतले प्रथम ऐतिहासिक नगर अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार