२०८३ वैशाख ८ , मंगलबार

किशोरी बलात्कार गरेको आरोपमा जाजरकोटका कमल बोहरा पक्राउ



सुर्खेत । गोर्खामा १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ८ का ३५ वर्षीय कमलबहादुर बोहरा छन् ।

उनलाई फागुन ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रवक्ता डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । बोहरा गोरखाको धार्चे गाउँपालिकास्थित एक विद्यालयका शिक्षकसमेत रहेको खुलेको छ ।

पुसदेखि पटक–पटक किशोरीलाई बलात्कार गरेको भन्दै गत माघ २८ गते उनीविरूद्ध जाहेरी परेको थियो सोही आधारमा उनलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार