
सुर्खेत । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री डिजिटल शिक्षा र नमुना विद्यालय कार्यक्रम सञ्चालनका लागि स्थानीय तहमा बजेट पठाउने निर्णय स्वीकृत गरेको छ । मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसअघि छनोट १३ विद्यालयमा ७० लाखका दरले रकम पठाउने निर्णय गरेको हो ।
यस्तै बैठकले मानवअधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बनधमा व्यवस्था गर्न बनेको विधेयकको तर्जुमा गर्न स्वीकृति प्रदान गर्ने, घर बीमा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि ०८१ स्वीकृत, आयोजना प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि ०८१ स्वीकृत, आयोजनाको बहुवर्षीय ठेक्का सहमति निर्देशिका ०८१ स्वीकृत गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले खबरदृष्टिलाई जानकारी दिए ।
उनकाअुसार बैठकले कृषि तथा पशुपन्छी विकास कार्यक्रम सञ्चालन निर्देशिका स्वीकृत गरेको छ भने कर्णाली कृषि विकास रणनीति पारित भएको छ । उक्त रणनीति आगामी १० वर्षका लागि भएको शाहले बताए ।
कृषि तथा पशुपन्छी विकास कार्यक्रम सञ्चालन निर्देशिका स्वीकृत, कर्णालीको कृषि विकास रणनीति पारित, कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) दोस्रो संशोधन कार्यविधि स्वीकृत र नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।