२०८३ वैशाख ८ , मंगलबार

रारास्थित एक होटेलमा आगलागी, पाहुनालाई सेनाको ब्यारेक र निकुञ्ज कार्यालयमा सारियो



मुगु । यहाँस्थित रारा तालको किनारमा अवस्थित डाँफे होटलमा गए राति आगलागी हुँदा चारवटा संरचना जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्‍याएको जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्यासको सिलिण्डर पड्किँदा अन्य तीन भवनमा क्षति पुर्‍याएको थियो ।

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकि रहेको छ ।

प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार