२०८३ वैशाख ८ , मंगलबार

युवा पुस्ताको मनोविज्ञान बुझेर विकास गर्नुपर्छ : मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अब गरिने विकास युवा पुस्ताको मनोविज्ञान बुझेर गर्ने बताएका छन् । शनिवार वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको ग्रेटर घण्टाघर निर्माण सम्बन्धी छलफललाई सम्बोधन गर्दै विकासमा युवा पुस्ताको सहभागितासँगै उनीहरूको उनीहरूको चाहना अनुसार हामीले गर्ने विकासमा ध्यान दिनसके दिगो समय अनुकुलको विकास हुने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशकै केन्द्र भएकाले यहाँ हुने विकास निर्माणको सिको अन्य पालिकाहरूले गर्ने हुँदा यहाँ हुने विकास जनभावना अनुसार दिगो र वातावरणमैत्री हुनुपर्ने कुरामा मुख्यमन्त्री कँडेलको जोड थियो । वीरेन्द्रनगरका सार्वजनिक जमिन अहिले मात्र नभएर आउने पुस्ताका लागि भएकाले यहाँ गरिने निर्माणका कार्य सोच विचार गरेर आउने पुस्तालाई पनि उपभोग गर्ने गरि बचाएर राख्दिनु हाम्रो दायित्व भएको मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।

जनप्रतिनिधिहरूले कम लागतमा राम्रो गुणस्तर सहितको संरचना बनाउने तिर ध्यान दिनुपर्ने मुख्यमन्त्री कँडेलले बताए । छलफल वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा र प्रदेशसभा सदस्य जानकी सिंह, निर्वाचित जनप्रतिनिधि, राजनीतिका दलका प्रतिनिधि र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ फागुन १७ गते शनिबार