सुर्खेत । दाङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। सोमबार साँझ जुम्ला गुठीचौर गाउँपालिका-१ मनिगाउँ घर भएका वर्ष २८ का नेत्रबहादुर रोकाय पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोलीले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रोकायाले गत फागुन १५ गते (बिहीबार) गढवा गाउँपालिका-३ मा बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार