
काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कीर्तिपुर ४ बस्ने २९ वर्षीय सविन महर्जन रहेका छन् ।आन्दोलनमा तीन जना गम्भीर घाइते भएकोमा महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। तीनकुनेमा भएको राजसंस्था पक्षधरको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो। अहिले तीनकुनेलगायत आसपासका कर्फ्यु लगाइएको छ।
प्रकाशित मिति : २०८१ चैत १५ गते शुक्रबार