२०८३ वैशाख १६ , बुधबार

कार्यालय समयमा मापसे गरी अभद्र व्यवहार गरेको आरोपमा बारबर्दियाका हाकिम पक्राउ



बर्दिया । बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्यलाई कार्यालय समयमा मदिरा सेवन गरी अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ।  उनलाई मापसे जाँच गरी बेलुकी छाडेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषीराम घर्ती मगरले जनाए ।

मेयर छविलाल थारुले प्रशासकीय अधिकृत मापसे गरी उपमेयरको कक्षमा पुगेर अभद्र व्यवहार गरेपछि प्रहरीलाई बोलाएको बताए । उनलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय जयनगरमा लगेको थियो । उनीमाथि विभागीय कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिने बारबर्दिया नगरले जनाएको छ । कान्तिपुर

प्रकाशित मिति : २०८१ चैत १९ गते मंगलबार