२०८३ वैशाख २२ , मंगलबार

गणतन्त्र आएपछि मात्रै देशमा विकास भयो : शंकर पोखरेल



सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरुले देश बर्बाद बनाएको आरोप लगाएका छन् । मंगलबार एमाले सुर्खेतको आयोजनामा भएको बृहत जागरणसभा बोल्दै पोखरेलले यस्तो आरोप लगाएका हुन् । उनले गणतन्त्र आएपछि मात्रै देशमा विकास भएको दाबी गरे ।

सयौं वर्षसम्म राजतन्त्रको समयमा जम्मा ८ हजार किलोमिटर सडक मात्रै भएको उनको भनाइ छ। ‘सयौं वर्ष देशमा राजतन्त्र थियो। त्यो सयमा ८ हजार किलोमिटर बनेको थियो। तर, गणतन्त्र आएपछि देशमा केन्द्र सरकारले मात्रै ४३ हजार किलोमिटर सडक निर्माण गरेको छ,’

उनले भने, स्थानीय सरकार र प्रदेश सरकार गरी हाल १ लाख १० हजार किलोमिटर बनेको छ। यो सबै जनताले ल्याएको गणतन्त्रको उपज हो।’ महासचिव पोखरेलले राजतन्त्रको समयमा नेपालीको औसत आयु ५४ वर्ष मात्रै रहेको र हाल ७४ वर्ष पुगेको दाबी गर्दै नेपालमा परिर्वतन भएको बताए।

प्रकाशित मिति : २०८१ चैत २६ गते मंगलबार