२०८३ वैशाख १२ , शनिबार

गाउँपालिका अध्यक्षमाथि मध्यरातमा गोली प्रहार



शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी

कपिलवस्तु । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ । राति ११:३० बजेको समयमा मायादेवी गाउँपालिका-१ पकडीस्थित निवासमा नै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

राति विद्युत गएका बेला चौधरी शौचालय गएर फर्कने क्रममा आफुमाथि गोली प्रहार भएकाे चाैधरीले बताए । गोली प्रहारबाट छलिएकाले आफूलाई कुनै चोटपटक नलागेको चाैधरीले भनाइ छ । घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरीएकाे छ । उनको अवस्था खतरामुक्त भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २०८२ वैशाख ५ गते शुक्रबार