२०८३ वैशाख १९ , शनिबार

३६ लाख ठगी गर्ने जाजरकोटका पूर्व प्रहरी हवल्दार ठमेलबाट पक्राउ



दिपेन्द्र सिंह

सुर्खेत । यार्सागुम्बा व्यापारमा लगानी गर्ने बहानामा ठगी गर्ने पुर्व प्रहरीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको नलगाड–७ दल्ली घर भएका ४१ वर्षीय दिपेन्द्र सिंह छन् ।

उनलाई सोमबार ठमेलस्थित दोहोरी साँझबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकृतले बताए । उनी नेपाल प्रहरीका पूर्व हवल्दार भएको प्रहरी स्रोतको दाबी छ । सामाजिक सञ्जालबाट चिनजान भएका एकजनासँग यार्सागुम्बा किनबेच गर्ने व्यवसायमा लगानी गर्ने नाममा उनले ३६ लाख लिएर फरार भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा समेत ३० लाख बराबरको बैंकिङ्ग कसुरको जाहेरी दर्ता भएको भेटिएको छ । यस्तै बाँकेमा पनि प्रहरीमा भर्ना गराउँछु भनेर उनले १० लाख ठगेको जोहरी दर्ता भएको भेटिएको छ ।

सेनामा भर्ती गराउँछु भनेर ४ लाख लिएको आरोपमा एकजना पीडितले इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको अपराध रेकर्ड सिस्टममा फेला परेको एसपी जिसीले जानकारी दिए । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख १६ गते मंगलबार