
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो ।
उनलाई कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेकाे रेशमका भाइ मीठूलाल चौधरीले रेशम जानकारी दिए । ‘एक्कासी उहाँलाई पक्राउ गरेर डिल्ली बजार कारगारमा राखिएको छ । हामी अहिले त्यहीँ छौँ,’ उनले भने ।
२०७२ भदौमा टीकापुर काण्डका प्रमुख आरोपीको रुपमा पक्राउ परेका चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । सोही मुद्दामा कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
प्रकाशित मिति : २०८२ वैशाख १७ गते बुधबार