जाजरकोट । जाजरकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । नलगाड नगरपालिका–१३ की ३३ वर्षीय कल्पना बोहराको घाँस काट्न गएको समयमा भीरबाट लडेर मृत्यु भएको हो ।
उनको मंगलवार भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ वैशाख १७ गते बुधबार