२०८३ वैशाख १८ , शुक्रबार

कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालनमा



सुर्खेत। कर्णाली प्रदेशमा बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा आएको छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीद्वारा आइतवार केन्द्रको औपचारिक उद्घाटन गरिएको हो। बालबालिकाको खोजतलासका लागि सहयोग पुग्ने उद्देश्यले आश्रयस्थलको रूपमा केन्द्र सञ्चालन गरिएको मन्त्री भण्डारीले जानकारी दिए।

कर्णाली प्रदेशमा बालबालिकाको खोजतलासको लागि टोलफ्री नम्बर १०४ मा सम्पर्क गरी समस्या टिपाउन सकिनेछ। खोजतलास समन्वय केन्द्रमा प्रहरी र नेपाल टेलिकमको सहकार्य रहेको छ भने सामाजिक विकास मन्त्रालय अर्न्तगत सञ्चालनमा रहने मन्त्री भण्डारीले जानकारी दिए।

बालबालिकाको संरक्षण र सम्वर्द्धनमा टेवा पुग्ने मन्त्री भण्डारीले विशवास व्यक्त गर्दै आगामी दिनहरूमा थप व्यवस्थित रूपले सञ्चालन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए।

प्रकाशित मिति : २०८२ वैशाख २८ गते आइतबार