
स्वास्थ्य चेकजाँच गराउन आएकी महिलाहरुको भिडभाड
जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा प्रदान गरिएको छ । कुशे गाउँपालिका वडा नम्बर १ र २ का महिलाहरुको निशुल्क अल्ट्रासाउन्ड (भेडियो एक्सरे) सेवा दिइएको हो ।
कुशे गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र स्वास्थ्य चौकी टालेगाउँको सहजीकरणमा बिहीवार भएको शिविरमा करिब ३३ जना गर्भवती महिलाहरुले सेवा लिएको स्वास्थ्य चौकी टालेगाउँको प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए ।
उनले आमा र बच्चाको स्वास्थ्यमा कुनै समस्या आउन नदिनको लागि शिविर संचालन गरिएको बताए । स्वास्थ्य चेकजाँच र अल्ट्रासाउन्ड गरिएको गर्भवती महिलाको अवस्था सामान्य रहेको उनको भनाइ छ ।
प्रकाशित मिति : २०८२ जेठ २ गते शुक्रबार