
सुर्खेत । कर्णाली प्रदेशमा अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा कर्णाली प्रदेश क्रिकेट संघको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो।
यहीँ जेठ २१ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता हुने आयोजकले जनाएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका संयोजक श्रीधर केसीले ७ प्रदेशबाट ७ वटा टिम सहभागी हुने जानकारी दिए। प्रतियोगिता अवधिभर जम्मा खेल २१ हुनेछन भने प्रतियोगीता लिग चरणमा सञ्चालन हुने केसीले बताए।
क्रिकेट संघ कर्णाली प्रदेशका अध्यक्ष पदम खड्काले प्रतियोगीता वीरेन्द्रनगर नगरपालिकाको कालिञ्चोक क्रिकेट मैदान र वीरेन्द्रनगर मैदानमा सञ्चालन हुने जानकारी दिए।
खेल तालिका हेर्नुहाेस्

प्रकाशित मिति : २०८२ जेठ १४ गते बुधबार