
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–४ भैरवस्थानका विभिन्न स्थानहरूमा ‘सुरुवात आफैबाट गरौँ, आफ्नो ठाउँ आफै बनाऔँ’ भन्ने नाराका साथ सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा उत्सव राष्ट्रिय युवा क्लब, कृष्ण युवा क्लब, सचेत युवा वडा नम्बर ४ र सुर्खेत कर्णाली मिडिया नेटवर्कको संयुक्त समन्वयमा स्थानीय युवा तथा सरोकारवालाहरूले सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रम अन्तर्गत सार्वजनिक स्थलहरूमा फोहोर मैला सङ्कलन, सरसफाइ अभियान र वातावरणीय सचेतना फैलाउने उद्देश्यसहित जनचेतनामूलक सन्देश प्रसारण गरिएको थियो। यो अभियानलाई नियमित रूपमा निरन्तरता दिइने सुर्खेत कर्णाली मिडिया नेटवर्कका सञ्चालक बिक्रान्त चालिसेले जानकारी दिए । उनले स्वच्छ र व्यवस्थित समाज निर्माणका लागि प्रत्येक नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
प्रकाशित मिति : २०८२ साउन ३ गते शनिबार