२०८२ माघ १७ , शनिबार

सुर्खेती गायक रसाइलीकाे तीज गीत ‘माइतीको आँगनी’ सार्वजनिक (भिडिओसहित)



सुर्खेत । हिन्दु नारीहरूको महान् पर्व तीजको अवसरमा नयाँ तीज गीत ‘माइतीको आँगनी’ सार्वजनिक भएको छ । माइतीघरको सम्झना र तीजको सांस्कृतिक भावनालाई समेटिएको यस गीतमा महिला आवाजको मधुरता र गीतको भावपूर्ण प्रस्तुतिले सबैको मन जित्ने विश्वास गरिएको छ ।

गीतमा टीका पुन, कोपिला छिनाल र धनराज चुनाराको सशक्त स्वर रहेको छ । गीतको शब्द तथा संगीत टोपेन्द्र रसाइलीले तयार गरेका हुन्। यस गीतको सङ्गीत संयोजन खेमराज गौतमले गरेका छन् भने रेकर्डिङ लक्ष्मण सेन्चुरीले र मिक्स तथा मास्टरिङ बिमल छिनालले गरेका हुन्। गीतको सम्पूर्ण निर्माण डायनामिक रेकर्डिङ स्टुडियोमा सम्पन्न भएको हो ।

तीज पर्व नजिकिँदै गर्दा ‘माइतीको आँगनी’ जस्ता गीतहरूले महिलाहरूलाई झनै उत्साह र उमङ्ग दिने अपेक्षा गरिएको छ । गीत सामाजिक सञ्जाल तथा युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतमा माइतीघरको आँगनीमा बिताएका बाल्यकालका यादहरू, तीजको उमङ्ग र नारीको भावना गहिरोसँग चित्रण गरिएको छ । संगीतप्रेमी दर्शक–श्रोताले गीतलाई राम्रो प्रतिक्रिया दिइरहेका छन्।

भिडिओ हेर्नुहाेस् 

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार