
कर्णाली प्रदेश सभामुख नन्दा गुरुङ्ग
सुर्खेत । कर्णाली प्रदेश सभामुख नन्दा गुरुङ्गले नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीज केवल पूजा–व्रतमा सीमित नभई परिवारलाई जोड्ने र समाजलाई सहकार्य तथा समावेशी मूल्यमा अघि बढाउने प्रेरणास्रोत भएको बताएकी छन् । मंगलवार तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख गुरुङ्गले तीजलाई सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा नेपालसमाजमा विशेष महत्व रहेको उल्लेख गरहेका छन् ।
सभामुख गुरुङ्गले महिलाहरूले परिवारको दीर्घायु, स्वास्थ्य, सुख र समृद्धिका लागि व्रत बस्ने परम्परा रहिआएको समेत स्मरण गरिन् । उनले तीजले समाजमा एकता र सद्भाव बढाउने सन्देश बोकेको उल्लेख गर्दै असमानता घटाउन, अधिकार सुनिश्चित गर्न र आपसी सद्भाव कायम राख्न सबैलाई आग्रह गरेकी छन् ।

प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार