
साहित्यकार एवम् मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको कविता सङ्ग्रह ‘भाषाको बकपत्र’ तथा सांगीतिक कोशेली ‘कर्ली केश’ एकैपटक लोकार्पण हुने भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आउँदाे कार्तिक २६ गते मल्लका यी दुई कृति एक साथ लोकार्पण हुन लागेका हुन् । मध्यपश्चिमाञ्चल गजल मञ्चको आयोजनामा कविता सङ्ग्रह एवम् सांगीतिक कोशेली ‘कर्ली केश’ गीतको लोकार्पण हुन लागेको मञ्चका अध्यक्ष धिरेन थापा अनुपमले बताए ।
‘भाषाको बकपत्र’ कविता सङ्ग्रहमा ३४ वटा कविताहरु सङग्रहित छन् भने ‘कर्ली केश’ गीतमा डा. महेन्द्रकुमार मल्लको शब्द रचनामा गायिका रचना रिमालको स्वर रहेको छ । शिव संगीतले संगीत भरेको उक्त गीतको म्यूजिक भिडियोमा वरिष्ठ नृत्यनिर्देशक कूलमान नेपालीको निर्देशन रहेको छ । निकै फरक ढंगबाट निर्माण गरिएको गीतमा मिस पवि र अनुराग मल्लको अभिनय रहेको छ भने सुदीप सागर एरेन्जर रहेको ‘कर्ली केश’ लाई प्रिज्म रेकर्डिङ्ग स्टुडियो, बबरमहल, काठमाडौंमा रेकर्ड गरिएको जनाइएको छ । म्यूजिक भिडियोको छायाँङ्कन अर्जुन सापकोटाले गरेका छन् ।
लोकार्पण कार्यक्रम वीरेन्द्रनगरमा रहेको होटल अशोकाको हलमा हुने आयोजकले जनाएको छ ।