२०८३ वैशाख ३ , बिहीबार

भोलि सस्तो मोबाइल सुर्खेतको ‘कुपन उपहार’ सार्वजनिक, कति जनाले पाउँदैछन् सुनको औंठी र स्मार्टफोन ?



समाचार सारांश
Generated Using AI
  • सस्तो मोबाइल सुर्खेतले ‘चाडपर्व विशेष कुपन उपहार’ भोलि सार्वजनिक गर्ने तयारी गरेको छ।
  • कुपन उपहार योजनाअन्तर्गत २ जनालाई सुनको औंठी ५ जनालाई स्मार्टफोन लगायत अन्य सामाग्री प्रदान गरिने छ ।
  • कम्पनीका प्रोप्राइटर सन्दीप मल्लका अनुसार उपहार वितरण प्रक्रिया पूर्ण पारदर्शी, रेकर्ड–आधारित रहनेछ र मिडिया साक्षीको उपस्थितिमा गरिने छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतमा अवस्थित सस्तो मोबाइल सुर्खेतले ‘चाडपर्व विशेष कुपन उपहार’ भोलि सार्वजनिक गर्ने भएको छ । मोबाइल पसलले आइतवार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै दशैं–तिहारको अवसरमा पसलबाट सामान खरिद गरेका ग्राहकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले सुरु गरिएको कुपन वितरण अभियान अन्तर्गत प्राप्त सबै कुपन भोलि पारदर्शी तरिकाले सार्वजनिक गर्ने जानकारी दिएको हो ।

मोबाइल पसलले कुपन उपहार योजना अन्तर्गत २ जना भाग्यशाली ग्राहकलाई सुनको औंठी, ५ जनालाई स्मार्ट फोन, एक सय जनालाई एयरबड्स, ५ जनालाई पावर बैंक, ५०/५० जनालाई हातेघडी, नेकबेण्ड र स्पिकर जस्ता आकर्षण उपहारहरु प्रदान गरिने सस्तो मोबाइलका प्रोप्राइटर सन्दीप मल्लले जानकारी दिए । मल्लले कम्पनीले उपहार वितरण प्रक्रिया पूर्णतः पारदर्शी, रेकर्ड–आधारित तथा मिडिया साक्षीको उपस्थितिमा सञ्चालन गरिने बताए ।

उनका अनुसार सुर्खेतमा विगत केही वर्षयता गुणस्तरीय सेवा तथा ग्राहक–मैत्री व्यवहारलाई प्राथमिकता दिँदै आएका सस्तो मोबाइलले ग्राहकको विश्वास, साथ र सद्भावका कारण सेवा–व्यवसायका रूपमा मजबुत रूपमा स्थापित हुन सफल भएको दाबी छ । ग्राहकप्रति सम्मान प्रकट गर्ने उद्देश्यले यस वर्ष विशेष चाडपर्व विशेष कुपन सार्वजनिक कार्यक्रम ल्याइएको सस्तो मोबाइल सुर्खेतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १४ गते आइतबार