२०८२ माघ ७ , बुधबार

शिवालयको चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोट शिवालय गाउँपालिकास्थित चुली ढडमेलासामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईंसहित  जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहको बैंक खातामा रहेको रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार उक्त उपभोक्ता समूहका पदाधिकारीहरूले आफू खुसी रकम निकासा गरी खर्च रकमको सक्कली बिल भरपाई नराखी रकम हिनामिना भन्दै आयोगमा उजुरीपरेको थियो अनुसन्धानका क्रममा उक्त उपभोक्ता समूहका तत्कालीन अध्यक्ष दमाईंका साथै सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी रानाले विभिन्न मितिमा समितिको नेपाल बैंकको खातामा रकम हिनामिना गरेको खुलेकोआयोगले जनाएको

यस्तै आयोगले लेखापरीक्षक भोजराज शर्मा पाण्डेलाई पनि प्रतिवादी बनाएको आयोगले अध्यक्ष दमाईं  कोषाध्यक्ष रानाविरुद्ध  लाख ६५ हजार ८७३ रुपैयाँ  सचिव रानाविरुद्ध  लाख ४० हजार ८७३ रुपैयाँ बिगो कायम गरी कैद बिगो बमोजिम जरिवानाको मागदाबी गरेको यस्तैलेखापरीक्षक पाण्डेलाई पनि कैद जरिवाना दुवै सजायको माग दाबी आयोगले गरेको

प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार