
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज पदबाट राजीनामा दिने भएका छन्। उनी निकट स्रोतका अनुसार मन्त्री पुनले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनका लागि राजीनामा दिन लागेका हुन्।
‘चुनाव लड्ने तयारीका कारण उहाँले राजीनामा दिन लाग्नुभएको हो,’ स्रोतले भन्यो, ‘कुन पार्टी र कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन।’ यसअघि निर्वाचन लड्नकै लागि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिइसकेका छन्।
यता, मन्त्री पदमै रहँदा उज्यालो नेपाल पार्टी गठन गरेका कुलमान घिसिङ भने केही दिनयतादेखि चुनावी अभियानमा सक्रिय देखिएका छन्।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार