सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय आसपासबाट बिचौलियाको आरोपमा १६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार यातायात व्यवस्था कार्यालयबाट १० जना महिला र मालपोत कार्यालयबाट ६ जना पुरुष गरी १६ जनालाई बिहीवार नियन्त्रणमा लिइएको हो।
उनीहरूले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण, जग्गा नामसारी तथा भु–सेवा सम्बन्धी काम गरिदिन्छु भन्दै सेवाग्राहीसँग रकम लिइ बिचौलियाको रूपमा काम गरिरहेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मोहनजंग बुढथापाले जानकारी दिए।
सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको बुढथापाले जानकारी दिए।