२०८३ वैशाख १६ , बुधबार

तरूण दल अध्यक्ष विद्वान गुरूङले दिए राजीनामा



काठमाडाैँ । नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङले पदबाट राजीनामा दिएका छन्। आज अध्यक्ष गुरूङले पार्टी सभापतिलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्।  उनलाई तत्कालीन सभापति शेरबहादुर देउवाले २०७८ फागुन ९ गते तरूण दल अध्यक्ष मनोनीत गरेका थिए।

उनले तरूण दलको पाँचौं अधिवेशन प्रक्रिया सुरू गर्न नसकिएको कुरा राजीनामा पत्रमा उल्लेख गरेका छन्। पार्टी निर्माण अभियानमा सहज वातावरण बनोस् भनेर आफूले पदबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन्।

प्रकाशित मिति : २०८३ वैशाख १६ गते बुधबार