
धनगडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हेल्मेट नलगाई मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिवाना गरेको छ ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटक खाताबाट सार्वजनिक गरेको भिडियोमा मुख्यमन्त्री शाह सरकारी निवास परिसरमा हेल्मेटबिना बुलेट मोटरसाइकल चलाइरहेको देखिन्छ ।
ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनलाई पाँच सय रुपैयाँ जरिवाना गरिएको हो । मुख्यमन्त्री शाहको निवासमै पुगेर ट्राफिक प्रहरीले जरिवानाको चिट काटेको हो ।
मुख्यमन्त्री शाह लामो समयदेखि नसासम्बन्धी समस्याबाट प्रभावित छन् । वैशाखीको सहारामा हिँड्दै आएका उनले मोटरसाइकल चलाउने प्रयास गर्दा उक्त भिडियो खिचिएको बताइएको छ ।
प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार