काठमाण्डौँ । राष्ट्रपति निर्वाचनअन्तर्गत लागि बिहान ११ बजेसम्म राष्ट्रिय सभा र प्रतिनिधिसभा ११० तथा प्रदेशसभाको १२४ भोट खसेको छ । चुनावमा राष्ट्रिय सभाका ५८, प्रतिनिधिसभाका २७२ र प्रदेशसभाका ५५० सांसद मतदाता छन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाका प्रतिसांसद मतभार ७९ र प्रदेशसभाका सांसदको मतभार ४८ हुनेछ । २६ हजार ३१५ मत कटाउने उम्मेदवार विजयी हुनेछन् । राष्ट्रपतिमा ९ दलका तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
प्रकाशित मिति : २०७९ फागुन २५ गते बिहीबार